काठमाडौं। राष्ट्रिय सभाका सांसद एवं पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले नेकपा (एमाले) मा प्रवेश गर्न तयार रहेको बताएका छन्। पार्टीको कार्यकारी पदका लागि ७० वर्षे उमेरहद निलम्बन गर्ने एमालेले निर्णय गरेलगत्तै उनले बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ आफूसँग रहेका साथीसहित एमालेमै फर्कन तयार रहेको प्रतिक्रिया दिएका हुन् । आफू एमालेमा फर्किन अध्यक्ष केपी ओलीले प्रस्ताव गर्नुपर्ने शर्त उनको छ।
विगतमा आफूलाई रोक्नकै लागि ७० वर्षे उमेरहदको प्रस्ताव ल्याइएको गौतमको बुझाइ छ। उनले एमाले ओलीसँग भएकाले ओलीले नै आफूलाई पार्टीमा आउन भन्नुपर्ने तर्क गरेका हुन्। एमाले आफूले निर्माण गरेको पार्टी रहेको भन्दै गौतमले एमालेप्रति माया लाग्ने बताए। उनले आफ्नो पार्टी सदस्यता पनि एमालेमै रहेको बर्ताए। उनले केही दिन भित्र पार्टी सदस्यता नवीकरण गर्ने बताए। गौतमले आफू एमालेमा अध्यक्ष वा महासचिव बन्नका लागि जान नलागेको प्रष्ट पारेका छन्।
उनले भन्, ‘यदि तपाईं आउनुपर्यो भन्नुभयो भने म र मसँग रहेका साथीहरु लिएर त्यहाँ एकीकृत हुन हामी जान्छौैं। यही अवस्थामा जान्छौं। अरु केही पर्दैन अब। उहाँहरुले मलाई नै रोक्नका निम्ति त्यो उमेर हद ल्याउनुभएको हो। मैले त्यसबेला मैले ७० वर्ष सबैको निम्ति आउँछ भनेको थिएँ। मेरो निम्ति मात्रै आउन लागेको होइन। राख्नुहुन्छ भने राख्नुस् भन्ने मेरो प्रतिक्रिया थियो। मसहित उपस्थित भएको बैठकबाट यो प्रस्ताव उहाँहरुले पारित गर्नुभएको थियो।
बामदेव गौतम एमालेमा फर्कन तयार
राष्ट्रिय सभाका सांसद एवं पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले नेकपा (एमाले) मा प्रवेश गर्न तयार रहेको बताएका छन्। पार्टीको कार्यकारी पदका लागि ७० वर्षे उमेरहद निलम्बन गर्ने एमालेले निर्णय गरेलगत्तै उनले बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ आफूसँग रहेका साथीसहित एमालेमै फर्कन तयार रहेको प्रति

