पूर्वराज्यमन्त्री महेश चौधरीको निधन

पूर्वराज्यमन्त्री महेश चौधरीको निधन भएको छ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आज दिउँसो चौधरीको निधन भएको हो ।

पूर्वराज्यमन्त्री महेश चौधरीको निधन
काठमाडौं । पूर्वराज्यमन्त्री महेश चौधरीको निधन भएको छ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आज दिउँसो चौधरीको निधन भएको हो । उनी हर्नियाबाट पीडित थिए । काठमाडौंमा हालै शल्यक्रिया गरेर गृह जिल्ला दाङ फर्किएका उनी स्वास्थ्यमा पुनः समस्या देखिएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका थिए । नेकपा एमालेका नेतासमेत रहेका चौधरी २०४८ सालमा राष्ट्रिय सभा सदस्य र २०५४ सालमा स्थानीय विकास राज्यमन्त्री बनेका थिए । उनले वि.सं २०२८ सालमा दाङबाट थारू भाषाको साहित्यिक पत्रिका ‘गोचाली’ निकालेका थिए। उनले ‘द हिडनट्रेजर अफ द लो ल्याण्ड नेपाल (भाग(१ - २)’, ‘नेपालको तराई तथा यसका भूमिपुत्रहरू’, स्थविरहरुको प्राचीन इतिहास र संस्कृति, थारू भाषाको पहिलो गीति नाटक ‘छारा’, थारू भाषामा लिरौसी व्याकरण लगायत थुप्रै पुस्तक लेखेका छन् ।