बजेटमा विकृत पुजिँवाद र नस्लवादी चिन्तन देखियो : उपेन्द्र यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले, सरकारले प्रस्तुत गरेको बजेट विकृत पुजिँवाद र नस्लवादी चिन्तनबाट निर्देशित देखिएको आरोप लगाएका छन्।

बजेटमा विकृत पुजिँवाद र नस्लवादी चिन्तन देखियो : उपेन्द्र यादव
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले, सरकारले प्रस्तुत गरेको बजेट विकृत पुजिँवाद र नस्लवादी चिन्तनबाट निर्देशित देखिएको आरोप लगाएका छन्। संसदमा बजेटमाथिको छलफलमा भाग दिँदै उनले सरकारले अहिले प्रस्तुत गरेको बजेटले राष्ट्रलाई कुनैपनि निकास नदिने बताए। ‘यो बजेट वास्तवमा समाजवाद उन्मुख छँदै छैन। बजेट विकृत पुजिँवादी या नवउदारवादी सिद्धान्तमा आधारित छ।’ उनले भने ‘त्यसले त्यस किसिमको बजेटले समाजवादी उन्नमुख बाटो ओगट्न सक्दैन। समाजवादी उन्मुख हैन। समाजवादी विमुख बजेट रहेको छ।’ नस्लबाद कुनैपनि देशको लागि हितकर नहुने भन्दै उनले न्युन विकास सुचकाङ्क भएको ठाउँमा कम बजेट दिनुले नस्लबादको चिन्तन स्पष्ट भएको उनको भनाई छ।