महिला तथा सामाजिक मामिला समिति सदस्यमा कंसाकार मनोनीत

प्रतिनिधिसभामा सदस्य बिन्दवासिनी कंसाकार महिला तथा सामाजिक मामिला समितिमा मनोनीत भएकी छन् ।

महिला तथा सामाजिक मामिला समिति सदस्यमा कंसाकार मनोनीत
काठमाडौं । प्रतिनिधिसभामा सदस्य बिन्दवासिनी कंसाकार महिला तथा सामाजिक मामिला समितिमा मनोनीत भएकी छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सदस्यका रुपमा सांसद बनेकी हुन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७७ बमोजिम सभामुख देवराज घिमिरेले सांसद कंसाकारलाई समिति सदस्यमा मनोनयनका लागि प्रस्ताव गरेकोमा बैठकले सहमति जनाएको हो ।