काठमाडौं । नक्कली भुटानी शरणा शरणार्थी प्रकरणमा बुधबारदेखि प्रतिवादी पक्षका कानुन व्यवसायीले बहस गर्ने भएका छन्।
शरणार्थी प्रकरणमा जारी थुनछेक बहसमा सरकारी वकिलका तर्फको बहस मंगलबार सकिएको छ। हालसम्म पक्राउ परेका १८ जना अभियुक्तको बयान सकिएपछि आइतबारदेखि थुनछेक बहस सुरु भएको थियो।
सरकारी वकिलका तर्फको बहस सकिएसँगै आजदेखि प्रतिवादीतर्फबाट कानुन व्यवसायीले बहस सुरु गर्ने जिल्ला अदालत काठमाडौँले जानकारी दिएको छ।
आज सुरुमा पीडितपक्षका निजी वकिलहरूले बहस गर्नेछन्। त्यसपछि प्रतिवादीका तर्फबाट बहस हुनेछ। जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस भइरहेको छ।
थुनछेक बहस यही जेठ ३१ गतेसम्म जारी रहने र त्यसपछि पुर्पक्षका लागि थुनामा पठाउने कि नपठाउने भन्नेबारेमा निर्णय लिइने बताइएको छ।
शरणार्थी प्रकरण : आजदेखि प्रतिवादी पक्षका कानुन व्यवसायीले बहस गर्ने
नक्कली भुटानी शरणा शरणार्थी प्रकरणमा बुधबारदेखि प्रतिवादी पक्षका कानुन व्यवसायीले बहस गर्ने भएका छन्।

