धनगढी उडेको श्री एयर विमानको ढोका एक्कासी खुलेपछि...

काठमाडौंबाट धनगढीका लागि उडेको जहाजको ढोका एक्कासी खुलेपछि विमान फिर्ता भएको छ।

धनगढी उडेको श्री एयर विमानको ढोका एक्कासी खुलेपछि...
धनगढी । काठमाडौंबाट धनगढीका लागि उडेको जहाजको ढोका एक्कासी खुलेपछि विमान फिर्ता भएको छ। आज ९मंगलबार० धनगढी आउँदै गरेको विमानको ढोका एक्कासी खुलेको हो। धनगढी विमानस्थल स्रोतले बिहान काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाईन्सको जहाजको एक्कासी ढोका खुलेपछि फिर्ता भएको जनाएको छ। ढोका खुलेको जहाजलाई ३० मिनेट आकाशमा उडाएर पुनः काठमाडौैं फर्काइएको र त्यहाँ अवतरण गरिएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले जानकारी दिए। उनका अनुसार जहाजमा रहेका यात्रु सबै सुरक्षित छन्। विमानमा आएको प्राविधिक समस्याका कारण एक्कासी ढोका खुलेको भट्टको भनाइ छ।