सन्दीप लामिछाने दक्षिण अफ्रिका प्रस्थान

क्रिकेटर सन्दीप लामिछाने दक्षिण अफ्रिका प्रस्थान गरेका छन्।

सन्दीप लामिछाने दक्षिण अफ्रिका प्रस्थान
काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने दक्षिण अफ्रिका प्रस्थान गरेका छन्। गएराति कतार एयरवेजको विमानबाट सन्दीप त्यसतर्फ प्रस्थान गरेका हुन्। सन्दीप दक्षिण अफ्रिका पुगेर नेपाली टोलीसँग सामेल हुने छन्। आइसीसी विश्वकप एकदिवसीय छनोटको अन्तिम तयारीका लागि नेपाली टोलीका अन्य खेलाडी दक्षिण अफ्रिका पुगिसकेका छन्। बलात्कार आरोपमा जिल्ला अदालत काठमाडौँमा परेको मुद्दाको पेसी भएका कारण सन्दीप भने टिमका अन्य सदस्यसँग जान पाएका थिएनन्। तर, मुद्दाको पेसी सरेपछि सन्दीप दक्षिण अफ्रिका गएको नेपाल क्रिकेट संघ ९क्यान०ले जनाएको छ। यसैबीच मुख्य प्रशिक्षक मोन्टी देसाईको भने अझै भिसा नआएको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले बताए। भिसा आएलगत्तै देसाई दक्षिण अफ्रिका जाने उनको भनाइ छ।