थप ११ वटा ब्रोकर कम्पनीलाई धितोपत्र कारोबारको अनुमति (सूचीसहित)

नेपाल धितोपत्र बोर्डले थप ११ वटा ब्रोकर कम्पनीलाई काम गर्ने अनुमति दिएको छ ।

थप ११ वटा ब्रोकर कम्पनीलाई धितोपत्र कारोबारको अनुमति (सूचीसहित)
काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ११ वटा ब्रोकर कम्पनीलाई काम गर्ने अनुमति दिएको छ । जसमा एउटा धितोपत्र व्यापारी कम्पनी र १० वटा धितोपत्र खरिद विक्री गर्ने दलाल कम्पनी रहेका छन् । नविल बैंकको सहायक कम्पनी नविल सेक्युरिटिज लिमिटेडले धितोपत्र ब्यापारीको अनुमति पाएको हो । धितोपत्र खरिद विक्रीको कारोबारको अनुमति पाउनेहरुमा एलिट स्टक हाउस, इन्फिनिटी सेक्युरिटिज, इण्डेक्स सेक्युरिटिज, शुमकामना सेक्युरिटिज र मेघा स्टक मार्केट्स रहेका छन् । यस्तै, हातेमालो फाइनान्सियल सर्भिसेज, मनी वल्र्ड शेयर एक्स्चेञ्ज, माछापुच्छे सेक्युरिटिज, केबीएल सेक्युरिटिज र कलश मार्केट्स प्रालिले पनि ब्रोकर अनुमतिपत्र पाएका छन् । धितोपत्र वोर्डले यस अघि सात वटा नयाँ ब्रोकर कम्पनीहरुलाई कारोबारको अनुमति दिईसकेको छ ।