सीमासम्बन्धि समस्या समाधान गर्न मोदीलाई आग्रहगरे : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले नेपाल-भारतबीचको सीमासम्बन्धि विषयलाई स्थापित कूटनीतिक संयन्त्रमार्फत् समाधान गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गम्भीर ढंगले आग्रह गरेको बताएका छन्।

सीमासम्बन्धि समस्या समाधान गर्न मोदीलाई आग्रहगरे :  प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले नेपाल-भारतबीचको सीमासम्बन्धि विषयलाई स्थापित कूटनीतिक संयन्त्रमार्फत् समाधान गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गम्भीर ढंगले आग्रह गरेको बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा आफ्नो भारतको चार दिने औपचारिक भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन्। त्यस अवसरमा उनले दुई मुलुकबीचको सीमालगायतका थाँति रहेका सबै समस्याहरुको समाधान गरिनेछ भनेर भारतीय प्रधानमन्त्री मोदीले सीमा सम्बन्धि हालसम्मका स्पष्ट विचार राखेको पहिलो पटक भएको दावी समेत गरे। प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री मोदीले संयुक्त प्रेसमिटको अवसरमा दिएको सीमासम्बन्धि समस्या समाधान गर्ने अभिव्यक्तीलाई आफूले सकारात्मक अभिव्यक्तिको रुपमा लिएको पनि बताए । उनले आफूले भारतीय प्रधानमन्त्री मोदीसँग गम्भीर रुपले सीमा समस्या समाधानका विषयमा कुरा गरेको जिकीर समेत गरे।