त्रिशूली नदीमा ट्रक खस्यो

चितवनको भरतपुर महानगरपालिका -२९ सिमलतालबाट ट्रक त्रिशूली नदीमा खसेको छ ।

त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं। चितवनको भरतपुर महानगरपालिका -२९ सिमलतालबाट ट्रक त्रिशूली नदीमा खसेको छ । ट्रक पानीमा पूरै डुबेको प्रहरीले जनाएको छ । चालक घाइते भएका छन् । उनलाई उपचारका लागि भरतपुरका अस्पतालमा ल्याइएको छ । ट्रकमा रहेको सिमेन्ट नदी किनारमा छरिएका छन् ।