भारतकी चर्चित अभिनेत्री सुलोचनाको निधन

हिन्दी र मराठी चलचित्रकी चर्चित अभिनेत्री सुलोचनाको निधन भएको छ।

भारतकी चर्चित अभिनेत्री सुलोचनाको निधन
एजेन्सी । हिन्दी र मराठी चलचित्रकी चर्चित अभिनेत्री सुलोचनाको निधन भएको छ। सुलोचनाको आइतबार मुम्बईमा निधन भएको हो। उनी ९४ वर्षकी थिइन्। सुलोचनाले २५० हिन्दी र ५० मराठी फिल्ममा अभिनय गरेकी छन्। समाचार एजेन्सी पिटिआईका अनुसार सुलोचना विगत केही दिनदेखि बिरामी थिइन्। सुलोचनालाई मे ८ मा दादरको सुश्रुत अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनले आइतबार साँझ ६ बजे अन्तिम सास लिइन्। सुलोचनाले मराठी फिल्मबाट आफ्नो फिल्मी करियर सुरु गरेकी थिइन्।उनले ‘कोरा कागज’, ‘मुकद्दर का सिकन्दर’, ‘हिम्मतवाला’, ‘अन्दर(बहार’, ‘दिल देके देखो’, ‘आदमी’, ‘जनी मेरा नाम’ जस्ता चलचित्रमा काम गरेकी थिइन्। सुलोचनाको निधनमा बलिउडका कलाकारहरूले श्रद्धाञ्जली दिएका छन्।