काठमाडौं । खोटाङको सुभद्रा मदन फाउन्डेसनका सञ्चालक, कृषि विज्ञ मदन राईविरुद्ध जिल्ला अदालत खोटाङमा मुद्दा दायर भएको छ। बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोग लगाउँदै जिल्ला सरकारी वकिल कार्यालय खोटाङले राईविरुद्ध खोटाङ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
राईविरुद्ध ३ वर्ष कैद र ७५ हजार जरिवानाको सजाय मागदाबी गरिएको छ। राईविरुद्ध आइतबार मुद्दा दायर भएको हो। अभियोगपत्रसँगै राईलाई पनि अदालतमा पेस गरिएको थियो।
अदालतले सोमबार राईको बयान गर्ने तयारी गरेको छ। बयान सकिए सोमबार नै थुनछेक बहस हुने सम्भावना छ। ७५ वर्षीय राईले आफू सञ्चालक रहेको फाउन्डेसनमा राखिएका बालबालिकालाई यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएपछि गत वैशाख २९ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो।
मदन राईविरुद्ध ३ वर्ष कैद, ७५ हजार जरिवानाको मागदाबी
खोटाङको सुभद्रा मदन फाउन्डेसनका सञ्चालक, कृषि विज्ञ मदन राईविरुद्ध जिल्ला अदालत खोटाङमा मुद्दा दायर भएको छ।

