काठमाडौं । प्रतिनिधिसभामा तीन दलले गरिरहेको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।
सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्डलाई फोन गरेर सदनको अवरोध हटाउनको लागि सहयोग गर्न आग्रह गरेका छन् । उनले अबरोधका कारण बजेटमाथिको छलफल प्रभावित भएको र समयमै बजेट पारित गर्न नसकिने जोखिम रहेकाले सहयोग गर्न आग्रह समेत गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक निष्कृय बनाउन र भारतसँग नेपालको भूमि साट्ने विषयमा प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्ति फिर्ता लिन माग गर्दै एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार प्रतिनिधिसभाको बैठक चल्न दिएका थिएनन् ।
संसदको अवरोध हटाउनेबारे सभामुख र प्रधानमन्त्रीबीच टेलिफोन वार्ता
प्रतिनिधिसभामा तीन दलले गरिरहेको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।

