नक्कली शरणार्थी प्रकरण : आज पनि थुनछेक बहस हुँदै

नक्कली भुटानी प्रकरणमा आज (सोमवार) पनि थुनछेक बहस हुने भएको छ।

नक्कली शरणार्थी प्रकरण : आज पनि थुनछेक बहस हुँदै
काठमाडौं । नक्कली भुटानी प्रकरणमा आज (सोमवार) पनि थुनछेक बहस हुने भएको छ। प्रकरणमा पक्राउ परेका आइतवारदेखि काठमाडौं जिल्ला अदालतमा शुरू भएको थुनछेक बहसले आज पजि निरनतरता पाउने भएको हो । जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस भइरहेको छ । अदालतले थुनछेक बहसका लागि सरकारी वकिललाई तीन दिनको समय दिएको छ । सरकारी वकिलको कार्यालयका तर्फबाट ९ जना वकिलले बहस गर्दै छन् । प्रतिवादीका वकिललाई ६ दिनको समय छुट्याएको छ । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना प्रतिवादीहरूको बयान सम्पन्न भएपछि आइतवारदेखि काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस शुरू भएको हो । थुनछेक बहसपछि आरोपीहरूलाई पुर्पक्षमा पठाउने वा नपठाउने भन्ने बारेमा अदालतको आदेश आउनेछ ।