यू-२० महिला फुटबल टोलीको बिदाइ

एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणको छनोट खेल्ने नेपाली यू-२० महिला पुटबल टिमलाई बिदाइ गरिएको छ ।

यू-२० महिला फुटबल टोलीको बिदाइ
काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणको छनोट खेल्ने नेपाली यू-२० महिला पुटबल टिमलाई बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले आइतबार गरेको कार्यक्रममा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ लगायतले टोलीलाई बिदाइ गरे । नेपाली टोली सोमबार म्यानमार प्रस्थान गर्दैछ । दोस्रो चरणको छनोटमा नेपाल समूह बी मा छ । यस समूहमा आयोजक म्यानमारसहित चीन र चाइनिज ताइपेई पनि छन् । नेपालले जुन ६ मा आयोजक म्यानमारसँग पहिलो खेल खेल्नेछ । यस्तै जुन ८ मा चीन तथा जुन १० मा चाइनिज ताइपेईसँग खेल्नेछ । गत मार्चमा प्यालेस्टाइनमा भएको पहिलो चरण छनोटको समूह बीको विजेता बन्दै नेपाल दोस्रो चरणमा छनोटमा प्रवेश गरेको छ । पहिलो चरणमा नेपालले प्यालेस्टाइन र नर्दनमरियाना आइल्यान्डलाई समान ६–० ले पराजित गरेको थियो । दोस्रो चरणमा प्रवेश गरेपछि नेपालले दुई महिना क्लोज क्याम्पमा बसेर तयारी गरेको थियो । नेपाली टिमका प्रशिक्षक याम गुरुङ र कप्तान दिपा शाहीले दुई महिनामा नेपालको तयारी राम्रो भएको बताएका छन् । यसअघि पहिलो चरणमा कप्तानी गरेकी प्रिति राई घाइते रहेकोले दिपाले नेपालको कप्तानी गर्दैछन् । प्रशिक्षक याम गुरुङले दोस्रो चरणमा पनि नेपालले राम्रो प्रदर्शन गर्ने अन्तिम चरणमा छनोट हुने लक्ष्य रहेको सुनाए ।