एमाले र राप्रपाको विरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित

नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदले विरोध जनाएपछि प्रतिनिधि सभाको बैठक स्थगन भएको छ।

एमाले र राप्रपाको विरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित
काठमाडौं । नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदले विरोध जनाएपछि प्रतिनिधि सभाको बैठक स्थगन भएको छ। आइतबार प्रतिनिधि सभाको बैठक शुरू हुने बित्तिकै एमाले र राप्रपाका सांसदले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले बोल्ने समय दिएका थिए। राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयक र प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका विषयमा उनीहरू प्रश्न गरेका थिए। उनीहरू यस विषयमा सरकारको जवाफ माग गरेका थिए। सभामुख घिमिरेले पटक पटक आफ्नो आसनमा बस्न एमाले र राप्रपाका सांसदलाई आग्रह गरेका थिए। तर, उनीहरूले सरकारको जवाफ नआएसम्म प्रतिनिधि सभाको बैठक अगाडि बढ्न नसक्ने अडान लिएका थिए। जसले गर्दा सभामुख घिमिरेले प्रतिनिधि सभाको बैठक एक घन्टाका लागि स्थगन गरेका छन्।