भरतपुरमा गठबन्धनबाट रेनु दाहालको उम्मेदवारी

भरतपुर महानगरपालिकाको प्रमुख पदमा गठबन्धन दलका तर्फबाट नेकपा (माओवादी केन्द्र) का रेनु दाहालले उम्मेदवारी दर्ता गराएकी छन्। नेपाली कांग्रेससहित गठबन्धन दलका तर्फबाट दाहालले आज उम्मेदवारी दर्ता गरेकी हुन् । उनीसँगै उपप्रमुखमा नेपाली कांग्रेसका भरतपुर नगरसभापति चित्रसेन अधिकारीले उ…

भरतपुरमा गठबन्धनबाट रेनु दाहालको उम्मेदवारी
भरतपुर महानगरपालिकाको प्रमुख पदमा गठबन्धन दलका तर्फबाट नेकपा (माओवादी केन्द्र) का रेनु दाहालले उम्मेदवारी दर्ता गराएकी छन्। नेपाली कांग्रेससहित गठबन्धन दलका तर्फबाट दाहालले आज उम्मेदवारी दर्ता गरेकी हुन् । उनीसँगै उपप्रमुखमा नेपाली कांग्रेसका भरतपुर नगरसभापति चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गरेकी हुन् । दाहालको प्रस्तावकमा नेपाली कांग्रेस भरतपुर महानगर सचिव र समर्थकमा नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) का जिल्ला उपाध्यक्ष कृष्णराज न्यौपाने रहेका थिए । दाहाल र अधिकारी सत्तारूढ पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी हुन् । ठूलो सङ्ख्यामा कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरुले उम्मेदवारी दर्ता गराएका थिए । दाहाल विसं २०७४ मा पनि नेपाली कांग्रेसको सहयोगमा महानगरको प्रमुख बनेकी थिइन् । दाहालले प्रमुखमा उम्मेदवारी दिन केही दिनअघि सोे पदबाट राजीनामा दिएकी थिइन् । अधिकारी विसं २०७४ को निर्वाचनमा महानगरको वडा नं २१ को वडाध्यक्षमा निर्वाचित भएकी थिइन् । अहिले उनी कांग्रेसको भरतपुर महानगर समितिका सभापति हुन् ।