बढुवा, सरुवाको निम्ति दिने–लिनेलाई जेल हाल्छु : गृहमन्त्री श्रेष्ठ

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्यले थालेको अनुसन्धान खेर नजाने बताएका छन् ।

बढुवा, सरुवाको निम्ति दिने–लिनेलाई जेल हाल्छु : गृहमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्यले थालेको अनुसन्धान खेर नजाने बताएका छन् । शनिबार काठमाडौंमा स्थानीय तहका दलित जनप्रतिनिधिको प्रथम राष्ट्रिय भेलामा उनले यस्तो बताएका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा स्वतन्त्र र निष्पक्ष रूपमा अनुसन्धान गरी दोषीमाथि कारबाही गरिने उनले उल्लेख गरे । राम्रो काम गरेँ भनेर आफू विश्राम गरेर नबस्ने उनको भनाइ थियो । गृहमन्त्री श्रेष्ठले जुनसुकै पार्टीका नेता भ्रष्टाचार र अनियमिततामा फेला परे कारबाही गर्न पछि दृढता व्यक्त गरे । आफ्नै पार्टी नेकपा ९माओवादी केन्द्र०का नेताहरू पनि भ्रष्टाचारकाण्डमा परे कारबाही गर्न पछि नहट्ने र त्यो बेला आश्चर्यमा पर्न आवश्यक नरहेको उनले बताए । बढुवा, सरुवाका निम्ति अनियमितता गरेर रकम दिने र लिने दुवैलाई जेल हाल्ने उनले सुनाए ।