काठमाडौं । पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले सरकारद्वारा प्रस्तुत बजेटप्रति असन्तुष्टि पोखेका छन् । मन्त्री किराँतीले सरकारले ल्याएको बजेटमा आफू सन्तुष्ट नरहेको बताए ।शुक्रबार शिव प्रसाद घिमिरेद्वारा लिखित ‘शून्यबाट सुरु भएको व्यापार अपार’ पुस्तक लोकापर्ण कार्यक्रममा हवाईजहाजमा कर लगाउने निर्णयप्रति उनले असन्तुष्टि व्यक्त गरे ।
‘बजेट भाषणपछि म पनि सन्तुष्ट छैन । भन्न मिल्छ की मिल्दैन, म त आन्दनेलनमा छु । हवाईजहाजलाई पनि ट्याक्स लगाइयो । हवाईजहाजमा ट्याक्स लगाएर राज्यको आय स्रोत बढाउन हुने तर हवाईजहाज कम्पनि नै मासियो भने के हुन्छ रु विभिन्न ढंगले राजस्व चुहावट भईरहको छ, त्यतातिर ध्यान छैन । राज्यको दुष्टिकोण पुरानो छ । कम्मरमा बाँधेको चाबि निकालेर खाटको बाकस खोलेर घ्युको भुटुन झिकिदिने जमाना छ,’ उनले भने ।
‘शून्यबाट सुरु’ पुस्तक लोकापर्ण गर्दै उनले यसले मानव समाजमा धेरै सम्भावना र ज्ञानलाई प्ररित गरेको भन्दै उनले सपनाको गन्तव्यमा पुग्न पुस्तकले सहयोग गर्ने विश्वास व्यक्त गरे ।
एउटा फरक प्रसंगमा किराँतीले आफू वनझाँक्रीको घेराबन्धीमा परेको बताएका छन् ।
पुस्तक लोकापर्ण कार्यक्रममा उनले भने – ‘तीन वटा जहाज किन्ने भनेको संसार भरिको आँखा जलेर अहिले म घेराबन्दीमा छु, वनझाँक्रीको घेराबन्दीमा । मान्छेको घेराबन्दीमा भएको भए छुटिन्थेँ होला नी । बनझाँक्री त शक्तिशाली हुन्छन् भन्छन् । मलाई लाग्छ म ईमान्दार कोसिस गर्छु । मसंग ब्रम्हस्त्र त छैन, तर तपाईँहरुसंग छ । मलाई सहयोग गर्नुहोस् । म उत्रिन चाहन्छु, यो समुन्द्र तर्न चाहान्छु ।’ उनले देशलाई माथि उठाउन आफूले सक्दो प्रयास जारी राख्ने भन्दै साथ दिन सबैलाई आग्रहसमेत गरे ।
‘सरकारले ल्याएको बजेटप्रति म सन्तुष्ट छैन’ : पर्यटन मन्त्री सुदन किराँती
पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले सरकारद्वारा प्रस्तुत बजेटप्रति असन्तुष्टि पोखेका छन् ।

