काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज कर्णालीमा व्यस्त हुने भएका छन् । उनले आज कर्णालीका तीन जिल्लामा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्।
ओलीले आज कालिकोट, दैलेख र सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने भएका हुन् ।
बिहान ११ बजे कालीकोट जिल्लाको रोस्कोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् भने त्यसपछि दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकाको जुम्बुकाँधमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ।
यस्तै, ओलीले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घण्टाघरको पश्चिमपट्टि आयोजना गरिएको बृहत् चुनावी सभालाई दिउँसो २ बजेपछि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
कर्णालीका तीन जिल्लामा आज ओलीले सम्बोधन गर्ने
ओलीले आज कालिकोट, दैलेख र सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने भएका हुन् ।

