नेपालसँगको सीमा समस्या समाधान गर्छौँ : भारतीय प्रधानमन्त्री मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग रहेको सीमा लगायतका सबै समस्याको समाधान गर्ने बताएका छन् ।

नेपालसँगको सीमा समस्या समाधान गर्छौँ : भारतीय प्रधानमन्त्री मोदी
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग रहेको सीमा लगायतका सबै समस्याको समाधान गर्ने बताएका छन् ।उनले भने, ‘यही भावनाले सबै मुद्दा,चाहे सीमाको होस् वा अरु सबैको समाधान गर्छौं।’ भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड०सँग भएको भेटपछि संयुक्त पत्रकार सम्मेलनमा मोदीले दुई देशको सम्बन्धलाई हिमालय जति उचाई दिन काम गरिरहने बताए । नेपाल र भारतका बीचमा लिपुलेक, कालापानी, सुस्ता लगायतका स्थानमा सीमा विवाद हुँदै आएको छ। यी विवादमा नेपालले कुरा उठाउँदै आएको छ भने भारतले बेवास्था गर्दै आएको छ।