काठमाडौं । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महात्मा गान्धीको समाधिस्थलमा पुष्प अर्पण गरेका छन् ।
आज बिहान राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर उनले पुष्प अर्पण गरेका हुन् । सो क्रममा दुवै देशका उच्च सरकारीअधिकारीहरुको उपस्थिति रहेको थियो।
प्रधानमन्त्री प्रचण्डले आजै भारतीय समकक्षी नरेन्द्र मोदीलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । यसक्रममा दुई प्रधानमन्त्रीबीच आधा घण्टा वान टु वान कुराकानी हुने बताइएको छ। त्यसपछि दुवै देशका प्रतिनिधिमण्डलसहित दुईपक्षीय छलफल हुनेछ। दुवै प्रधानमन्त्रीले नेपालका केही आयोजनाको संयुक्त उद्घाटन गर्नेछन्।