रवि नभएका बेला रास्वपा संसदीय दलको बैठक बस्दै

राष्ट्रपतिले बुधबार मात्र प्रमाणीकरण गरेको नागरिकता विधेयक र सरकारले ब्युँताएको सांसद विकास कोषबारे छलफल गर्न आज (बिहीबार) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बस्दै छ।

रवि नभएका बेला रास्वपा संसदीय दलको बैठक बस्दै
काठमाडौं । राष्ट्रपतिले बुधबार मात्र प्रमाणीकरण गरेको नागरिकता विधेयक र सरकारले ब्युँताएको सांसद विकास कोषबारे छलफल गर्न आज (बिहीबार) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बस्दै छ। रास्वपा स्रोतका अनुसार बैठक बिहान साढे ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने भएको हो। बैठक संसदीय दलका कार्यवाहक नेता विराजभक्त श्रेष्ठको अध्यक्षतामा बस्नेछ। किनकि पार्टी सभापतिसमेत रहेका दलका नेता रवि लामिछाने बुधबार पत्नीसहित भारत गएका छन्। प्रचण्ड गएकै दिन रास्वपा सभापति लामिछाने पनि भारततर्फ व्यक्तिगत कामका लागि भन्दै लामिछाने मुम्बईमा भएकै बेला रास्वपा संसदीय दलको बैठक बस्न लागेको हो। नागरिकता विधेयक र सांसद विकास कोषका विषयमा रास्वपाभित्र एकमत छैन। नागरिकता विधेयकका विषयमा सभापति लामिछाने र सांसद मनीष झाको फरक धारणा सार्वजनिक भइसकेको छ।