पत्रकार सज्जनकुमारको 'पोखरा' विवादमा

पोखरा । गायक, कलाकार तथा पत्रकार सज्जनकुमार सिंहको नयाँ गीत पोखरामा सार्वजनिक भएको छ । पोखरामा दुई कुराको भर हुन्न रे एउटा पानीको अर्को नानीको गीतको मुल थेगो रहेको छ । पोखराको मौसम जस्तै नानीहरुको भर हुन्न भन्ने भावप्रति महिलाले विरोध जनाएका छन् । टिकटक र सामाजिक सञ्जालमा गीतको व…

पत्रकार सज्जनकुमारको 'पोखरा' विवादमा
पोखरा । गायक, कलाकार तथा पत्रकार सज्जनकुमार सिंहको नयाँ गीत पोखरामा सार्वजनिक भएको छ । पोखरामा दुई कुराको भर हुन्न रे एउटा पानीको अर्को नानीको गीतको मुल थेगो रहेको छ । पोखराको मौसम जस्तै नानीहरुको भर हुन्न भन्ने भावप्रति महिलाले विरोध जनाएका छन् । टिकटक र सामाजिक सञ्जालमा गीतको विरोध सुरु भएको हो । गीतमा भनिएको छ 'एकै छिनमा वादल लाउने एकैछिनमा पानी पोखराको मौसम जस्तै रैछ तिम्रो बानी ।' टिकटकमा पोखराका अधिकांश महिलाले गीतले पोखरेली महिलालाई गलत ढंगले प्रस्तुत गरेकाे भन्दै विराेध जनाएका छन् । पोखराको मौसम र प्रेमलाई विषयवस्तु बनाएर तयार पारिएको गीतको शब्द र संगित सज्जनको छ । गीतमा सज्जन र गायिका अस्मिता अधिकारीको स्वर रहेको छ । गीत विनोद बाजुरालीले एरेन्ज गरेका हुन् । https://www.youtube.com/watch?fbclid=IwAR1Ifngd-wUayn5f4rvxqciL-dEyxZuJMs-b7DEw4TN8MSM2a2MYfUbL20U&v=MQtQH-08Lok&feature=youtu.be