आज बाग्मती प्रदेश सभामा नीति कार्यक्रममाथि छलफल हुने

बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ।

आज बाग्मती प्रदेश सभामा नीति कार्यक्रममाथि छलफल हुने
हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ। प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममाथि छलफल गर्नका बैठक बस्न लागेको हो। दिउँसो १ बजे सुरु हुने आजको बैठकमा नीति तथा कार्यक्रम माथि प्रदेश सांसदहरुले धारणा राखेपछि संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। प्रदेश सभाले नीति तथा कार्यक्रममाथि संशोधन हाल्नका लागि मंगलबारसम्मको समय दिएको थियो।