बागलुङका १० स्थानीय तहमा ४ अर्ब २६ करोड बजेट, कुन पालिकालाई कति ?

यो सँगै बागलुङ नगरपालिकामा सबैभन्दा बढी ९० करोड २६ लाख रकम विनियोजन भएको छ । भने गाउँपालिका तर्फ सबैभन्दा बढी बडिगाड गाउँपालिकामा ४८ करोड ५४ लाख रकम विनियोजन भएको छ ।

बागलुङका १० स्थानीय तहमा ४ अर्ब २६ करोड बजेट, कुन पालिकालाई कति ?
काठमाडौं । बागलुङका १० स्थानीय तहमा ४ अर्ब २६ करोड ३६ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । सोमबार अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बागलुङका १० स्थानीय तहलाई ४ अर्ब २६ करोड ३६ लाख रुपैयाँ बजेट विनियोजन गरेका हुन् । यो सँगै बागलुङ नगरपालिकामा सबैभन्दा बढी ९० करोड २६ लाख रकम विनियोजन भएको छ । भने गाउँपालिका तर्फ सबैभन्दा  बढी बडिगाड गाउँपालिकामा ४८ करोड ५४ लाख रकम विनियोजन भएको छ । कुन स्थानीय तहमा कति रकम ? -गलकोट नगरपालिका ४९ करोड ५८ लाख -जैमिनी नगरपालिका ५३ करोड ४७ लाख -ढोरपाटन नगरपालिका ३७ करोड २८ लाख -बागलुङ नगरपालिका ९० करोड २६ लाख -काठेखोला गाउँपालिका ४२ करोड ४ लाख -तमानखोला गाउँपालिका २० करोड ३७ लाख -ताराखोला गाउँपालिका २५ करोड १८ लाख -निसीखोला गाउँपालिका ३० करोड ६७ लाख -बडिगाड गाउँपालिका ४८ करोड ५४ लाख -बरेङ गाउँपालिका २८ करोड ९७ लाख