प्रधानन्यायाधीश नियुक्ति प्रकिया अघि बढ्यो

सर्वोच्च अदालतको प्रधानन्यायाधीश प्रकिया अघि बढेको छ ।

प्रधानन्यायाधीश नियुक्ति प्रकिया अघि बढ्यो
काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीश प्रकिया अघि बढेको छ । संसदीय सुनुवाई समितिको मंगलबार बसेको बैठकले हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिश गर्ने निर्णय गरेसँगै प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको हो । कार्की संवैधानिक परिषद्‌बाट गत वैशाख २५ गते सर्वोच्चका लागि प्रधानन्यायाधीशमा सिफारिस भएका थिए । आज बसेको समिति बैठकले कार्कीको सम्बन्धमा १० दिनभित्र सार्वजनिक रुपमा उजुरी आव्हान गर्ने निर्णय गरेको छ । सार्वजनिक सूचना बुधबारको गोरखापत्रमा प्रकाशन गरिनेछ । कार्कीमाथि लिखित पत्रमार्फत वा समितिले सार्वजनिक गर्ने इमेलमार्फत उजुरी दिन सकिने छ । उजुरीकर्ताको परिचय उनीहरूको अनुरोधमा समितिले गोप्य राख्ने बताइएको छ । यस्तै समितिले समिति सञ्चालनसम्बन्धी कार्याविधि समेत पास गरेको छ । समितिका जेष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा बैठक बसेको थियो । बैठकलाई सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सम्बोधन गरेका थिए ।