संसद विकास कोषमा ८ अर्ब २५ करोड विनियोजन

संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८०/८१को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले एक निर्वाचन क्षेत्रलाई ५ करोड विनियोजन गरेको बताए ।

संसद विकास कोषमा ८ अर्ब २५ करोड विनियोजन
काठमाडौं । सरकारले प्रत्येक निर्वाचन क्षेत्रलाई ५ करोड विनियोजन गरेको छ । संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८०/८१को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले एक  निर्वाचन क्षेत्रलाई ५ करोड विनियोजन गरेको बताए । उनका अनुसार निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमका लागि ८ अर्ब २५ करोड विनियोजन गरिएकाे छ।