२० वटा सार्वजनिक संस्थान खारेज

सरकारले २० वटा सार्वजनिक संस्थान खारेज गरेको छ ।

२० वटा सार्वजनिक संस्थान खारेज
काठमाडौं । सरकारले २० वटा सार्वजनिक संस्थान खारेज गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले बजेट भाषणमार्फत सो कुराको जानकारी दिएका हुन् । सार्वजनिक खर्च पुनरावलोकन आयोग, २०७५ ले दिएको सुझावहरुलाई क्रमशः कार्यान्वयन गर्दै सरकार स्थायी संरचनामा दोहारो कार्यक्षत्र परेका, औचित्य समाप्त भएका र परिवर्तित सन्दर्भमा आवश्यकता सकिएका २० वटा सर्वाजनिक संस्थानहरु खारेज गरिको उनले बताए ।