मन्त्रिपरिषद्ले पारित गर्‍यो नयाँ बजेट

मन्त्रिपरिषद्ले आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गरेको छ।

मन्त्रिपरिषद्ले पारित गर्‍यो नयाँ बजेट
काठमाडौं । मन्त्रिपरिषद्ले आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बजेटको अंक पारित गरेको एक मन्त्रीले जानकारी दिए। आजै बस्ने संयुक्त सदनको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछन्। जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट संसदमा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ।