श्रृंखलाले अमेरिकाबाट सकिन् स्नातकोत्तर

पूर्वमिस नेपाल वल्र्ड श्रृंखला खतिवडा स्नातकोत्तर उत्तीर्ण भएकी छन् ।

श्रृंखलाले अमेरिकाबाट सकिन् स्नातकोत्तर
काठमाडौं । पूर्वमिस नेपाल वल्र्ड श्रृंखला खतिवडा स्नातकोत्तर उत्तीर्ण भएकी छन् । उनले अमेरिकाको प्रतिष्ठित विश्वविद्यालय हावर्डबाट सहरी विकास विषयमा स्नातकोत्तर उत्तीर्ण गरेकी हुन् । आफुले स्नातकोत्तर उत्तीर्ण गरेकको खुसी उनले सामाजिक सञ्जाल मार्फत शेयर गरेकी छन् । दीक्षितस्वरुपको एक तस्बिर पोष्ट गर्दै लेखेकी छन्, ‘मैले हार्वर्ड विश्वविद्यालयबाट शहरी योजनामा स्नातक डिग्री हासिल गरें । जीवनभर यो परिवर्तनकारी अवसरका लागि कृतज्ञ छु ।’ खतिवडा २०१८ की मिस नेपाल विजेता हुन् ।