गुल्मीमा घरायसी विवाद हुँदा बुवाले काटे छोराको नाक

गुल्मीमा घरायसी विवादमा बुवाले छोराको नाक काटिदिएका छन् ।

गुल्मीमा घरायसी विवाद हुँदा बुवाले काटे छोराको नाक
तम्घास । गुल्मीमा घरायसी विवादमा बुवाले छोराको नाक काटिदिएका छन् । जिल्लाको इस्मा गाउँपालिका-३ तोरी पाटाका ५६ वर्षीय दिलबहादुर सार्कीले आफ्नै छोरा बाबुराम सार्कीको नाक काटिदिएका हुन् । घरायसी विवादका कारण झगडा हुँदा एक्कासि दिलबहादुरले हसियाँ प्रहार गर्दा बाबुरामको नाकमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नविनकिशोर प्रधानले जानकारी दिए । घाइतेको गुल्मी अस्पताल तम्घासमा सामान्य उपचारपश्चात लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको प्रधानले बताए । घटनामा संलग्न दिलबहादुरलाई प्रहरीले हसियासहित नियन्त्रण लिएको छ ।