मिस नेपाल-२०२३ को उपाधि श्रीच्छा प्रधानलाई

मिस नेपाल–२०२३ को ताज श्रीच्छा प्रधानले पहिरिएकी छिन् ।

मिस नेपाल-२०२३ को उपाधि श्रीच्छा प्रधानलाई
काठमाडौं । मिस नेपाल–२०२३ को ताज श्रीच्छा प्रधानले पहिरिएकी छिन् । हिडेन ट्रेजरले आयोजना गरेको प्रतियोगितामा २३ जनालाई उछिन्दै प्रधानले ताज पहिरिएकी हुन् । आज शनिबार गोदावरीस्थित सनराइज सम्मेलन हलमा आयोजना भएको ग्राण्ड फिनालेमा उनले मिस नेपालको ताज जितेकी हुन् । उनलाई मिस नेपाल–२०२२ अनुष्का श्रेष्ठले ताज पहिर्याइन् ।