चरा ठोक्किएको आशंकामा नेपाल एयरलाइन्सको जहाज फर्कियो

काठमाडौंबाट भारतको बैंग्लोरका लागि उडेको नेपाल एयरलाइन्सको जहाज चरा ठोक्किएको आंशकामा पुनः त्रिभुवन विमानस्थल फर्किएको छ ।

चरा ठोक्किएको आशंकामा नेपाल एयरलाइन्सको जहाज फर्कियो
काठमाडौं। काठमाडौंबाट भारतको बैंग्लोरका लागि उडेको नेपाल एयरलाइन्सको जहाज चरा ठोक्किएको आंशकामा पुनः त्रिभुवन विमानस्थल फर्किएको छ । विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार विमानले सकुशल अवतरण गरेको छ । यतिबेला समस्याबारे जाँच भइरहेको छ । विमानस्थलबाट उडान भरेको २५ मिनेटमा नै आरए २२५ विमान फर्किएको सिटौलाको भनाई छ । विमानमा १५६ जना यात्रु सवार थिए ।