काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले टीकापुर प्रकरणमा दोषी ठहर भई जेलजीवन बिताइरहेका रेशम चौधरीलाई माफी दिने फाइल फिर्ता पठाएका छन् ।
रेशम चौधरीको मुद्दासम्बन्धी सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी कानुन बमोजिम गर्न भन्दै राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमा फाइल फिर्ता गरेको हो ।
सरकारले चौधरीलाई माफी दिन सिफारिस मंगलबार राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । यो विषमा सोही दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति पौडेलसँग छलफलसमेत गरेका थिए ।
७ भदौं २०७२ मा टिकापुरमा भड्किएको हिंसामा आठ प्रहरी अधिकारी र एक नाबालकको ज्यान गएको थियो । थरुहट आन्दोलनको नेतृत्व गरेका चौधरीलाई जिल्ला, उच्च र सर्बोच्च अदालतले मुख्य दोषी ठहर गर्दै जन्मकैदको सजाय दिएको छ ।
रेशम चौधरीलाई माफी दिने फाइल राष्ट्रपतिबाट फिर्ता
रेशम चौधरीको मुद्दासम्बन्धी सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी कानुन बमोजिम गर्न भन्दै राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमा फाइल फिर्ता गरेको हो ।