घट्यो सुनको मूल्य

सुनको भाउ १ हजार रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

घट्यो सुनको मूल्य
काठमाडौं । सुनको भाउ १ हजार रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। तेजाबी सुन १ लाख ८ हजार ३०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन बुधबार छापावाल सुन तोलाको १ लाख ९ हजार ८०० रुपैयाँ पुगेको थियो। सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि घटेको छ। चाँदी प्रतितोला १३५७।५० रुपैयाँ तोकिएको छ। बुधबार चाँदी १३६० रुपैयाँमा कारोबार भएको थियो।