काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेपाल प्रहरीका प्रहरी प्रमुख बसन्त कुँवरलाई निलम्बन गर्न माग गरेका छन् ।
आजको प्रतिनिधिसभाको बैठकमा भएको नीति तथा कार्यक्रममा भएको छलफलमा बोल्दै सांसद् शाहीले शरणार्थी प्रकरणको सम्बन्धमा कुँवरको नाम मुछिएको भन्दै उनलाई निलम्बन गरेर छानबिन गर्न माग गरेका हुन् ।
उनले भने– ‘मलाई अचम्म लाग्छ, नाम पत्रिकामा भकाभक आइरहेको छ । अनि ३ दल बसेर खुसुखुसु गर्नुहुन्छ बालुवाटारतिर । लुकी लुकी । त्यो गरिसकेपछि मुद्दा कमजोर हुँदै जान्छ ।
आज नेपाल प्रहरीका आइजीपीका बारेमा पनि पत्रपत्रिकामा आइरहेको छ । एउटा कर्मचारीलाई निलम्बन गरेर छानबिन गर्ने कि नगर्ने ? त्यतिमात्र हैन, अन्य नेताहरूको आइरहेको छ । तिनीहरूलाई के गर्ने ? उम्काइदिने ? त्यसो भए कानुन २ वटा लेखौँ । यस्तो तरिकाले मुलुक अगाडि बढ्न सक्दैन ।’
आईजीपी कुँवरलाई निलम्बन गर्न राप्रपा सांसद् ज्ञानेन्द्र शाहीको माग
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेपाल प्रहरीका प्रहरी प्रमुख बसन्त कुँवरलाई निलम्बन गर्न माग गरेका छन् ।

