बढ्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । मूल्य ६ सय रुपैयाँले बढेको हो । आज सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ कायम भएको छ । मंगलबार प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य भने घटेको छ । चाँदी प्रतितोला १ हजार ३ सय ६० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको हो ।