नक्कली शरणार्थी प्रकरण : गृहमन्त्री श्रेष्ठ र आईजीपी कुँवरबीच भेटवार्ता

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुवँरबीच भेटवार्ता भएको छ ।

नक्कली शरणार्थी प्रकरण : गृहमन्त्री श्रेष्ठ र आईजीपी कुँवरबीच भेटवार्ता
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुवँरबीच भेटवार्ता भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आईजीपी कुवँरको पनि नाम मुछिएपछि गृहमन्त्री श्रेष्ठ र उनको भेटवार्ता भएको हो । भेटमा गृहमन्त्री श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम आएको कुरालाई विशेष चासोका रुपमा लिएको स्रोतले बताएको छ ।