आज संसद्का दुवै सदनको संयुक्त बैठक डाकियो

उक्त बैठकमा ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८० पेस गर्ने सम्भावित कार्यसूची छ।

आज संसद्का दुवै सदनको संयुक्त बैठक डाकियो
काठमाडौं । बुधबार संसद्का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को संयुक्त बैठक बस्दैछ। सभामुख देवराज घिमिरेका अनुसार संयुक्त बैठक अपराह्न ४ बजेका लागि बोलाइएको छ। उक्त बैठकमा ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८० पेस गर्ने सम्भावित कार्यसूची छ। यसैबीच सरकारको नीति तथा कार्यक्रमबारेको छलफल आज पनि जारी रहने भएको छ। त्यसका लागि अहिले बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्ने संघीय संसद् सचिवालयले जनाएको छ।