सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ। मंगलबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँ रुपैयाँ कायम छ। सोमबार चाँदी तोलामा १० रुपैयाँले घट्दै प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । सुनको मूल्य मंगलबार घटेको छ । अघिल्लो दिनको भन्दा तोलामा ८ सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कारोबार मूल्य प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ निर्धारण भएको छ। आइतबार तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार पुगेको सुनको मूल्य सोमबार स्थिर थियो। चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ। मंगलबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँ रुपैयाँ कायम छ। सोमबार चाँदी तोलामा १० रुपैयाँले घट्दै प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा केही दिनयता सुनको मूल्यमा लगातार उतारचढाव छ । मंगलबार सुन प्रतिऔंस १९६०.९२ डलर र चाँदी प्रतिऔंस २४.४९ डलरमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतिऔंस १९७६.१५ डलर र चाँदी २३.७२ डलर थियो।