यी सात कम्पनीले पाए ब्रोकर लाइसेन्स

नेपाल धितोपत्र बोर्डले सात कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेको छ । बोर्डको आज बसेको सञ्चालक समितिको बैठकले सात ब्रोकर कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो ।

यी सात कम्पनीले पाए ब्रोकर लाइसेन्स
काठमाडौ । नेपाल धितोपत्र बोर्डले सात कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेको छ । बोर्डको आज बसेको सञ्चालक समितिको बैठकले सात ब्रोकर कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो । प्रारम्भिक रुपमा आशयपत्र प्राप्त गरेका ४३ वटा कम्पनी मध्ये सातले लाइसेन्स नै प्राप्त गरेका हुन् । सोमबार लाइसेन्स गर्नेमा भोले गणेश सेक्युरिटीज, क्यापिटल म्याक्स सेक्युरिटिजन, हिमालयन ब्रोकरेज, सन सेक्युरिटिज, मियो सेक्युरिटिजन, सेयरप्रो सेक्युरिटिज र प्रोपर्टी विर्जाड रहेका छन् । भौतिक संरचना तयार गर्ने र कानुनी प्रकृया पुरा गरेकालाई लाइसेन्स वितरण गरिएको हो ।