काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव संसदीय दलको नेता बनेका छन्। सोमबार बसेको जसपा संसदीय दलको बैठकबाट अध्यक्ष यादवलाई सर्वसम्मत संसदीय दलको नेता चुनेको हो।
यादव गत उपनिर्वाचनमा बारा-२बाट निर्वाचित भएका थिए। यसअघिका संसदीय दलका नेता रामशाहय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि जसपामा संसदीय दलको नेतृत्व नेतृत्वविहीन बनेको थियो।
जसपा संसदीय दलको नेता बने उपेन्द्र यादव
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव संसदीय दलको नेता बनेका छन्।

