काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई भेट्न उनकी पत्नी तथा कांग्रेस सांसद मञ्जु खाण टेकुस्थित प्रहरी कार्यालय पुगेकी छिन्। बालकृष्ण २७ बैशाखमा पक्राउ परेकोमा मञ्जु पहिलोपटक उनलाई भेट्न पुगेकी हुन्।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतका अनुसार सोमबार बिहान मञ्जु टेकु पुगेकी हुन् । खाणलाई हिरासतमा नराखी डिएसपीको कार्यकक्षमा राखिएको छ। यसअघि आफुमाथि पनि प्रहरीले अनुसन्धान गर्न सक्ने डरले मञ्जु नगएको बताइन्छ ।
तर, अनुसन्धान अन्तिम चरणमा पुगेको र आफुविरुद्ध तत्काल सोधपुछ नहुने पक्का भएपछि उनी भेट्न आएको हुनसक्ने एक प्रहरी अधिकारीले बताए ।
बालकृष्ण खाणलाई भेट्न मञ्जु खाण पुगिन् टेकुस्थित प्रहरी कार्यालय
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई भेट्न उनकी पत्नी तथा कांग्रेस सांसद मञ्जु खाण टेकुस्थित प्रहरी कार्यालय पुगेकी छिन्।

