जनकपुरधाम । सप्तरीमा एक जना युवकको हत्या भएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका -४ मधवापुरस्थित खेतमा आज बिहान युवकको घाटी रेटिएको अवस्थामा शव फेला परेको हो ।
अन्दाजी २५ वर्षीय युवकको शव देखेपछि आज बिहान स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी नरेशकुमार सिंहले बताए । उनका अनुसार अहिलेसम्म मृतकको परिचय खुलेको छैन ।
सप्तरीमा बिभत्स हत्या गरिएको अवस्थामा युवाको शव फेला
सप्तरीमा एक जना युवकको हत्या भएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका -४ मधवापुरस्थित खेतमा आज बिहान युवकको घाटी रेटिएको अवस्थामा शव फेला परेको हो ।

