काठमाडौंसहित यी क्षेत्रमा अपराह्नपछि मेघगर्जनसहित वर्षाको सम्भावना

जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबारको मौसम पूर्वानुमान गरेको छ ।

काठमाडौंसहित यी क्षेत्रमा अपराह्नपछि मेघगर्जनसहित वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबारको मौसम पूर्वानुमान गरेको छ । हाल देशमा पश्चिमी वायुसंगै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आ‌ंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यता सफा रहेको छ। काठमाडौं उपत्यकामा बिहानैदेखि बादल लागेका कारण भिजिबिलिटी केही कम भएको छ भने केही स्थानमा फाट्टफुट्ट पानी परेको छ। कोशी प्रदेशको उत्तरी पश्चिम भू-भागमा पनि हल्का वर्षा भइरहेको छ । दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानहरुमा हावाहुरीको समेत सम्भावना छ।काठमाडौं उपत्यकामा मध्याह्यन र अपराह्नपछि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।