यो पटक थोरै बोल्ने धेरै गर्ने संकल्प लिएको छु : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसपटकको कार्यकालमा थोरै बोल्ने धेरै गर्ने संकल्प लिएको बताएका छन् । राष्ट्रिय बेपत्ता योद्धा स्मिति दिवसको अवसरमा काठमाडौंको नाँचघरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

यो पटक थोरै बोल्ने धेरै गर्ने संकल्प लिएको छु : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसपटकको कार्यकालमा थोरै बोल्ने धेरै गर्ने संकल्प लिएको बताएका छन् । राष्ट्रिय बेपत्ता योद्धा स्मिति दिवसको अवसरमा काठमाडौंको नाँचघरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले भने –“म अहिले धेरै बोल्दिन म प्रधानमन्त्री जस्तो भएर बोल्नुपर्ने हुन्छ । मैले बोल्ने भाषा विप्लव जीले बाहिरबाट बोलि रहनुभएको छ । यो पटक म भन्न चाँहि थोरै भन्ने काम चाँहिं धेरै गर्ने संकल्प लिएको छु । मैले प्रधानमन्त्री भएको दिन देखि त्यो गरिरहेको छु ।” आफु प्रधानमन्त्री भएपछि पहिलो पटक बेपत्ता योद्धाहरुको नाम लेखिएको शिलालेख उद्घाटन गरेर जनयुद्धका योद्धा र बेपत्ता योद्धाहरुको पक्षमा काम सुरु गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । पहिलो पटक प्रधानमन्त्री हुँदाको निर्णय खोजेर राजपत्रमा प्रकाशित गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले जनयुद्धमा मारिएका योद्धाहरूलाई हल्ला नगरिक राष्ट्रिय सहिद घोषणा गरेको बताए। साथै, विभिन्न विरोधका बाबजुत पनि आफुले पुनः हल्ला नगरिकनै जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गरेको बताए। २०७१ मा भएको निर्णय अनुसार आफुले सरकार प्रमुखको हैसियतले जनयुद्धका योद्धाहरूलाई दुई लाख दिन गरेको निर्णयको अनावश्यक विरोध भएको बताउँदै सो विषयमा सर्वाच्च अदालले पुनः राहत दिने बाटो खोल्ने छ भन्ने विश्वास व्यक्त गरे । जसका निम्ति माओवादी आन्दोलनका सम्पूर्ण धाराहरु एक भएर सचेतता पूर्वक लाग्नुपर्नेमा प्रधानमन्त्री प्रचण्डको जोड थियो। मन्तब्यका क्रममा प्रधानमन्त्री प्रचण्डले बेपत्ता योद्धाहरुको छानबिनको कुरा र शान्ति प्रक्रियाको काम अन्तिम चरणमा रहेको जानकारी दिए । संक्रमणकालिन न्यायको विषयमा सत्ता गठबन्धनमा राम्रो बुझाई रहेको समेत बताए। साथै, विपक्षका दलका नेताहरू पनि कोलम्बियाको भ्रमण गरेर त्यहाँ द्धन्द्धलाई शान्तिका कसरी परिणत गरिएको थियो भन्ने सिकेर आएको बताउँदै सो सिकाईका आधारमा पनि नेपालको शान्ति प्रक्रियाका बाँकि काम छिट्टै टुंग्याउने गरी सरकार लागेको बताए । संसदमा रहेका सबै दलसँग सहमति गरी समिति तथा उपसमितिहरू बनाएर छलफल भैरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले सो प्रक्रिया दुई वर्षभित्र टुंग्याउने गरी आफु लागेको बताए ।