काठमाडौ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरूको मौसम सामान्यतया सफा रहेको छ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (आइतबार) दिउँसो कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशका अधिकांश ठाउँमा वर्षाको सम्भावना छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरुमा तथा मधेस प्रदेशका १ वा २ स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेश र मधेस प्रदेशको तराईका केही स्थानहरुमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
यी चार प्रदेशका अधिकांश स्थानमा वर्षा हुने