काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित हुन नदिने भएको छ । एमाले अध्यक्ष एवं पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम संसदबाट पारित हुन नदिने बताएका हुन्।
शनिबार संघीय संसद भवन नयाँबानेश्वरमा आयोजित पार्टीको संसदीय दल बैठकमा बोल्दै उनले सरकारले देशलाई निर्देश गर्ने खालको नीति तथा कार्यक्रम नल्याएकाले त्यसलाई स्वीकार गर्न, समर्थन गर्न नसकिने अडान राखेका थिए ।
‘यो एउटा बेकारको पुलिन्दा हो। जसले यस देशलाई निर्देशित गर्न सक्दैन। नीतिगत हिसाबले निर्देशित गर्न सक्दैन। कार्यक्रमिक हिसाबले निर्देशित गर्न सक्दैन,’ उनले भनेका थिए, ‘यसले कुनै डेस्टिनेशननै तोकेन। कुनै बाटो नै देखाएन। जसले गर्दा त्यहाँ पुगिने भन्ने कुरै रहेन। कहाँ पुग्ने भन्ने कुरै छैन यसमा। यस वर्ष कहाँ पुग्ने ?’
सरकारले देशलाई निर्देश गर्न नसक्ने खालको नीति तथा कार्यक्रम ल्याउनु दुःखद् भएको भन्दै ओलीले त्यसलाई संसदबाट पारित गर्न हुन नहुने पार्टीको अडान रहेको पनि स्पष्ट पारेका थिए ।
शनिबार बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आइतबारको बैठकको प्रारम्भमा नै आफूले नीति तथा कार्यक्रममाथि धारणा राख्ने बताएका थिए।
प्रमुख प्रतिपक्ष एमालेले सरकारको नीति तथा कार्यक्रम पारित हुन नदिने
एमाले अध्यक्ष एवं पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम संसदबाट पारित हुन नदिने बताएका हुन्।

