दशैंमा घर आउछु भनेका दम्पत्ति अष्ट्रेलियामै अस्ताए

पारिवारिक श्रोतका अनुसार उनीहरु ६ वर्ष अघि अध्यायनका लागि अष्ट्रेलिया गएका थिए । विवाह गर्नेवित्तिकै सन्तोष अष्ट्रेलिया गएका थिए भने त्यसको ५ महिनापछि उनकी श्रीमती प्रतिमा पनि उडेकी थिइन् ।

दशैंमा घर आउछु भनेका दम्पत्ति अष्ट्रेलियामै अस्ताए
काठमाडौं । अष्ट्रेलियमा एक नेपाली दम्पतीको दुर्घटनामा परि निधन भएको छ । गत सोमबार भएको सडक दुर्घटनामा परि रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ४ का सन्तोष अधिकारी र उनकी श्रीमती प्रतिमा थापाको मृत्यु भएको हो । पारिवारिक श्रोतका अनुसार उनीहरु ६ वर्ष अघि अध्यायनका लागि अष्ट्रेलिया गएका थिए । विवाह गर्नेवित्तिकै सन्तोष अष्ट्रेलिया गएका थिए भने त्यसको ५ महिनापछि उनकी श्रीमती प्रतिमा पनि उडेकी थिइन् । नेपाल छाडेको ६ वर्षपछि उनीहरु नेपालमा आउने योजनामा थिए । उनीहरुले घरमा सम्पर्क हुँदापनि आउँदो दशैँमा आउने योजना सुनाउँथे । त्यति मात्रै नभइ यो दशैंमा आमाबुबा र हजुरआमाबाट टिका लगाइ आशिर्वावाद ग्रहण गर्ने योजनासमेत उनीहरुले केही दिन अघिको भिडियो कलमा सुनाएका थिए । बिहे गरेको केही समयमै अष्ट्रेलिया उडेका छोरा बुहारी दशैँमा आउने कुराले परिवारमा खुसी छाएको थियो । तर उनीहरुको अप्रत्यासित मृत्युको खबर सुन्दा यतिबेला सन्तोषका परिवार भावविह्वल अवस्थामा छन् । सन्तोषका घरमा ८४ वर्षीया हजुरआमा, आमा र बुवा छन्। उनीहरु २०७४ सालमा स्नाताकोत्तर अध्ययनका लागि अष्ट्रेलिया गएका थिए । पछिल्लो समय ३३ वर्षीय सन्तोष र २४ वर्षीया प्रतिमा दुवै अस्ट्रेलियामा कमाउँदै पढ्दै थिए। तर उनीहरुको मेलबर्नमा भएको सडक दुर्घटनामा मृत्यु भएको खबर मंगलबार उनका अष्ट्रेलियामै भएका आफन्तबाट खबर आएको थियो । आफन्तका अनुसार जब उनीहरु सोमबार साँझ साढे ६ बजेतिर (नेपाली समयअनुसार) सन्तोष र प्रतिमा कामबाट घर फर्किँदै थिए। सो समय सन्तोष र प्रतिमा चढेको कारलाई अर्को कारले ठक्कर दिँदा दिँदा सो दुर्घटना भएको थियो । २० वर्षीय युवकले चलाएको उक्त कार १ सय ४० किलोमिटर प्रतिघन्टाको रफ्तारमा प्रहरीले बताएको छ । मृतक दुवैको शव पोस्टमर्टम गरेर नेपाल ल्याउने प्रक्रिया थालिएको बताइएको छ ।